सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

अपडेट : गाजामा इजराइली आक्रमण- हालसम्म ३२ हजार प्यालेस्टिनीको मृत्यु


  • 478
    SHARES
  • https://indrenipost.com/posts/7396
    चैत १२, २०८० सोमबार
    अपडेट : गाजामा इजराइली आक्रमण- हालसम्म ३२ हजार प्यालेस्टिनीको मृत्यु

    गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् । इजराइली सेनाको उक्त आक्रमणसँगै कुल मृत्यु हुनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

    स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजराइली सेनाले पछिल्लो २४ घण्टामा गाजा क्षेत्रका विभिन्न स्थानमा हवाई र जमिन आक्रमण गरेको थियो ।

    'मध्य गाजा क्षेत्रको देर अल–बालाह सहरमा एउटा घरलाई लक्षित गरी गरिएको आक्रमणमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन्', स्रोतले भनेको छ, 'घाइतेहरूलाई सोही सहरको अल–अक्सा अस्पतालमा सारिएको छ, इजराइली तोपखानाले गाजा क्षेत्रको दक्षिणमा रहेको ‘खान युनिस सहरको’ दक्षिणपूर्वी क्षेत्रहरूमा पनि बमबारी गरेको छ र धेरै मानिस घाइते भएका छन् ।'

    शिफा कम्प्लेक्समा चलिरहेको लडाइँमा २१ वर्षीय सैनिकको मृत्यु भएको इजराइली सेनाले विज्ञप्तिमा जनाएको छ । गाजामा भूमिगत अपरेशनमा मर्ने इजराइली सैनिकको सङ्ख्या दुई सय ५१ पुगेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij