काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा पर्ने फ्रान्सिस स्कट की ब्रिज भत्किएको छ ।
कन्टेनर बोकेको पानीजहाज ठोक्किएपछि मंगलबार बिहान २.५७ किलोमिटर लामो पुल भत्किएको हो ।
युट्युबमा पोष्ट गरिएको लाइभ भिडियोमा एक जहाज पुलमा ठोक्किएको देखाइएको छ ।
जहाज ठोक्किएपछि पुलको हिस्सा पटापस्को नदीमा खस्न थालेको हो ।
बाल्टिमोर सहरको फायर डिपार्टमेन्टले पुल भत्किएर ठूलो क्षति भएको र नदीमा खसेका कम्तीमा २० जनाको खोजी भइरहेको जनाएको छ ।
डिपार्टमेन्टले मंगलबार बिहान १ बजेर ३० मिनेटमा खबर पाएको बताएको छ । घटनामा हताहत भएको आशंका गरिएको छ ।
घटनास्थलमा अहिले विभिन्न एजेन्सीहरूले उद्धार एवं राहतको काम गरिरहेका छन् ।