सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अपडेट : बाल्टिमोर पुल दुर्घटना- नदीमा बेपत्ता ६ जनाको मृत्यु


  • 595
    SHARES
  • https://indrenipost.com/posts/7422
    चैत १४, २०८० बुधबार
    अपडेट : बाल्टिमोर पुल दुर्घटना- नदीमा बेपत्ता ६ जनाको मृत्यु

    अमेरिकी राज्य मेरिल्यान्डको बाल्टिमोरस्थित पुलमा पानीजहाज ठोक्किएपछि भएको दुर्घटनामा उद्धार गर्ने क्रम अहिलेलाई रोकिएको छ ।

    अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले नदीमा खसेर बेपत्ता ६ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन् ।

    जहाजको ठक्करले पुल भत्किँदा पुलको खाल्डो भर्ने काममा व्यस्त रहेका उनीहरू नदीमा खसेका थिए ।

    उनीहरू सबै बेपत्ता छन् र अवस्था हेर्दा उनीहरू जीवितै हुने सम्भावना कम रहेको बताइएको छ ।

    बीबीसीका अनुसार स्थानीय समय मंगलबार राति १:३० बजे बाल्टिमोर सहरस्थित ‘फ्रान्सिस स्कट कि ब्रिज’मा पानीजहाज ठोक्किँदा पुलको ठूलो भाग भत्किएको हो ।

    बाल्टिमोर बन्दरगाहबाट मंगलबार राति १२:४४ बजे श्रीलंकातर्फ गइरहेको जहाज बाटो बिराएर पुलको स्तम्भमा ठोक्किन पुगेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij