सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

दैवी प्रकोप

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, ठूल्ठूला भवन क्षतिग्रस्त


  • 838
    SHARES
  • https://indrenipost.com/posts/7493
    चैत २१, २०८० बुधबार
    ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, ठूल्ठूला भवन क्षतिग्रस्त

    काठमाडौं । ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । भूकम्पपछि ६.५ म्याग्निच्युडसहितका थुप्रै ठूला परकम्प आइरहेको बीबीसीले जनाएको छ ।

    भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन भने बाँकी छ । यद्यपि, थुप्रै घरमा क्षति भएको जानकारी ताइवानको रक्षा मन्त्रालयले दिएको छ ।

    सरकारले राहत र क्षति न्यूनीकरण गर्न सैन्य फौज पठाइएको मन्त्रालयले जनाएको छ । ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनका प्रवक्ताका अनुसार यो २५ वर्षयताकै ताइवानमा आएको सबैभन्दा ठूलो भूकम्प हो ।

    चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, जापानमा सुनामीको चेतावनी दिइएको छ ।

    जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावामा सुनामी आउने चेतावनी बीबीसीले जनाएको छ । भूकम्पपछि फिलिपिन्समा पनि सुनामीको चेतावनी जारी गरिएको समाचार संस्था सीएनएनले जानकारी दिएकाे छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij