सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

कोरोना कहर

भारतले कात्तिक महिनादेखि कोरोना खोप निर्यात गर्ने


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/766
    असोज ५, २०७८ मंगलबार
    भारतले कात्तिक महिनादेखि कोरोना खोप निर्यात गर्ने

    भारतले अर्को महिना (अक्टोबर)देखि अरू देशलाई पनि कोरोनाभाइरसविरूद्धको खोप दिने भएको छ । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोबरदेखि विदेशमा खोप पठाउन सुरू गरिने बताएका हुन् ।

    सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयल बनाएको कोरोनाविरूद्धको खोप भारतमै उत्पादन गरिरहेको छ। कोभिसिल्ड नाम दिएको उक्त खोप सुरूमा भारतले अरू देशलाई पनि दिएको थियो ।

    नेपाललाई भारतले सुरूमा १० लाख डोज खोप अनुदानमा दिएको थियो । पछि नेपालले सेरमसँग २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो । उक्त २० लाख डोजमध्ये नेपालले १० लाख डोज खोप पाएमात्र पाएको छ । भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि खोप निर्यातमा प्रतिबन्ध लगाइएको थियो ।

    भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि कोभिसिल्डको पहिलो डोज लगाएका नेपालीले लामो समयसम्म दोस्रो डोज लगाउन पाएका थिएनन् । केही समयअघि जापान सरकारले अष्ट्राजेनेका खोप अनुदान दिएपछि उनीहरूले दोस्रो डोज लगाएका छन् ।  

    भारतीय स्वास्थ्यमन्त्री मान्दभियाले भारतभित्र खोप लगाउने कुरामा राम्रो प्रगति भइरहेकाले अब ‘भ्याक्सिन मैत्री अभियान’अन्तर्गत कोभ्याक्स र अन्य मुलुकलाई खोप निर्यात गरिने  बताएका हुन् । यसअघि भारतले संसारका ७० भन्दा बढी मुलुकमा ६ करोड ६० लाख डोज खोप पठाएको  थियो ।

    अक्टोबरमा मात्रै भारतमा ३० करोड डोज खोप उत्पादन र आगामी तीन महिनामा  १०० करोड डोजभन्दा बढी खोप बन्ने उनले जानकारी दिए । भारतमा अहिलेसम्म झन्डै ९० करोड डोज खोप लगाइसकेको र खोप लगाउने क्रम तीव्र रूपले अघि बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij