सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

प्रहरीसँगको भिडन्तमा २९ माओवादीको मृत्यु


  • 514
    SHARES
  • https://indrenipost.com/posts/7686
    बैशाख ५, २०८१ बुधबार
    प्रहरीसँगको भिडन्तमा २९ माओवादीको मृत्यु

    काठमाडौं । माओवादी प्रभावित भारतको छत्तीसगढमा प्रहरीसँग भएको भिडन्तमा २९ माओवादी मारिएका छन् ।

    भिडन्तपछि मुठभेड स्थलबाट २९ जना माओवादीको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । भिडन्तमा तीन सुरक्षाकर्मी पनि घाइते भएका बीबीसीले जनाएको छ ।

    यसअघि प्रहरीले १८ माओवादी मारिएको दाबी गरेको थियो । प्रहरीका अनुसार मंगलबार दिउँसो कांकेरको छोटाबेटिया क्षेत्रमा माओवादीसँग भिडन्त भएको थियो ।

    अप्रिल १९ मा लोकसभाका लागि मतदान हुन लागेका बेला मुठभेड भएको हो । माओवादीले निर्वाचन बहिष्कार गर्न अपिल गर्दै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij