आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

अन्तर्राष्ट्रिय

रुससँग युद्ध सुरू भएयता युक्रेनी ३७ हजारभन्दा बढी नागरिक वेपत्ता


  • 415
    SHARES
  • https://indrenipost.com/posts/7688
    बैशाख ५, २०८१ बुधबार
    रुससँग युद्ध सुरू भएयता युक्रेनी ३७ हजारभन्दा बढी नागरिक वेपत्ता

    युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेको मङ्गलबार जनाएको छ ।

    रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले हराइरहेकाहरूको सही संया गणना गर्न कठिन छ । कुनै पनि पक्षले नियमित रूपमा सैन्य हताहतको तथ्याङ्क औपचारिक रूपमा सार्वजनिक गर्दैन ।

    ‘बालबालिका, सर्वसाधारण र सेनागरी करिब ३७ हजार मानिस बेपत्ता भएका छन् । यो संख्या अझै धेरै हुन सक्छ,’ युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले भने । 

    युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध सुरु भएयता रूसले गैरकानुनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उनले बताए । 

    मानव अधिकारवादी समूहहरूले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् । 

    युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको सुरुवातदेखि नै रूसी कब्जामा रहेको छ । युद्धले धेरै शहर तथा वरपरका इलाकामा तहसनहस पारेको छ र हजारौंको ज्यान लिइसकेको छ ।

    संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रूसको आक्रमणपछि कम्तीमा १० हजार ८१० जनाको मृत्यु भएको उल्लेख छ ।

    स्वतन्त्र पर्यवेक्षकहरूलाई कब्जा गरिएको क्षेत्रहरूमा प्रवेश गर्नबाट रोक लगाइएकाले हताहतको वास्तविक स्रख्ण ‘धेरै’ हुनसक्ने र यसलाई पुष्टि गर्न गाह्रो छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुरुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij