आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

अन्तर्राष्ट्रिय

भारी वर्षासँगै मौसमी विचलनले ७१ जनाको ज्यान लियो, ६७ घाइते 


  • 532
    SHARES
  • https://indrenipost.com/posts/7697
    बैशाख ५, २०८१ बुधबार
    भारी वर्षासँगै मौसमी विचलनले ७१ जनाको ज्यान लियो, ६७ घाइते 

    भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनास मच्चाएको छ  । विनासका कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको  एक अधिकारीले बुधबार सिन्ह्वालाई बताएका छन् । 

    राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)का अधिकारीका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो, जहाँ घटनाका कारण ३२ जनाको ज्यान गएको थियो ।

    अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृतक मध्ये १५ जना बालबालिका र पाँच महिला छन् । घाइते हुनेमा ४१ जना रहेका छन् भने  एक हजार तीन सय ७० घरहरू क्षतिग्रस्त भएका छन् । 

    यसैगरी पूर्वी पञ्जाब प्रान्तमा २३ जनाको ज्यान जानुका साथै सात जना घाइते भएका छन् । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु भयो भने अन्य आठ जना घाइते भएको अधिकारीले बताए ।

    कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् भने ४७ वटा घरहरू ध्वस्त भएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij