आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

ट्यांकरमा कार ठोकिँदा कारमा सवार १० जनाको मृत्यु


  • 424
    SHARES
  • https://indrenipost.com/posts/7708
    बैशाख ६, २०८१ बिहीबार
    ट्यांकरमा कार ठोकिँदा कारमा सवार १० जनाको मृत्यु

    भारको गुजरातको अहमदाबाद–वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना भएको छ ।

    सो भयानक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

    नादियाद नजिकै तीव्र गतिमा आएको कार पछाडिबाट आएको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो । प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको थियो, जुन यो ट्यांकर पुणेबाट मुम्बई जाँदै थियो भने सो कार बडोदराबाट अहमदाबाद जाँदै थियो । सोही रोकिराखेको ट्यांकरमा गएर कार ठोक्किएको हो ।

    सो गाडीमा १० जना सवार रहेका थिए भने ८ जनाको घटनास्थल मै र २ जनाको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ८ पुरुष, एक महिला र एक बालक रहेका छन् । दुर्घटनाको खबर पाए लगत्तै दुईवटा एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । यससँगै राजमार्गको उद्धार टोली पनि घटनास्थलमा पुगेको थियो ।

    दुर्घटना यति भीषण भएकोले शव कारभित्रै फसेको प्रहरीले जनाएको छ । शव निकाल्न गाडीको पाता काट्नु परेको थियो । उक्त दुर्घटनाका कारण द्रुतमार्गमा निकै जाम भएको थियो । प्रहरीले कुनै न कुनै तरिकाले गाडी छेउमा पार्क गरेर जाम हटाएको थियो ।

    मृतकको बुधबार राती अबेरसम्म पनि सनाखत हुन सकेको छैन । कारमा बडोदा, नाडियाद र अहमदाबादका यात्रु रहेको प्रहरीको अनुमान छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । कारको दर्ता नम्बरका आधारमा मृतकको परिचय खुल्ने प्रयास भइरहेको छ ।

    पछाडीबाट कार कसरी ट्यांकरभित्र पस्यो भन्ने पनि अनुसन्धान भइरहेको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ ।  रामनवमीका कारण द्रुतमार्गमा सवारीसाधनको खासै भीड नभएको उनले बताए । यस सम्बन्धमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij