गुल्मी । गुल्मीको इस्मा गाउँपालिका २ मा पनि आज भीषण आगलागी भएको छ । उक्त आगलागीमा ३८ घरगोठ जलेका जनाइएको छ ।
नजिकैको सामुदायिक वनमा लागेको आगो हावाका कारण बस्तीमा आइपुगेको हो । आगोले १३ घर र २५ गोठ जलेको स्थानीयले बताएका छन् ।
घरगोठ जल्दा थुप्रै पालुवा जनावर पनि जलेको बताइएको छ । अझै आगो नियन्त्रणमा आएको छैन ।