सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

आईपिएलमा आज दुई खेल हुँदै 


  • 433
    SHARES
  • https://indrenipost.com/posts/7743
    बैशाख ९, २०८१ आइतबार
    आईपिएलमा आज दुई खेल हुँदै 

    इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । 

    आज पहिलो खेल कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः४५ बजेदेखि सुरु हुनेछ । 

    जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ६ खेलमा ४ जित र २ हारसहित ८ अंक हासिल गरेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

    त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरुले भने यस सिजनमा ७ खेलमा केवल एक खेल मात्र जितेर खराब प्रदर्शन गरेको छ । अहिलेसम्म ६ खेलमा हार बेहोरेको बैंगलुरु अंक तालिकामा पुछारमा रहेको छ ।

    त्यसैगरी आज दोस्रो खेल पञ्जाव किंग्स र गुजरात टाइटन्सबीच हुँदैछ । पञ्जावको घरेलु मैदान मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७ः४५ बजेदेखि सुरु हुनेछ । 

    जारी आइपिएलमा अहिलेसम्म पञ्जावले ७ खेलमा केवल २ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । ४ अंकसहित पञ्जाव अंक तालिकामा नवौं स्थानमा रहेको छ । 

    त्यसैगरी गुजरातले यस सिजनमा ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र अंकतालिकामा आठौँ स्थानमा रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij