आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

अन्तर्राष्ट्रिय

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु


  • 442
    SHARES
  • https://indrenipost.com/posts/7902
    बैशाख १८, २०८१ मंगलबार
    अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

    पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

    गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ बजे हेरात प्रान्तको गजुरा जिल्लामा ‘एक अज्ञात हतियारधारीले मस्जिदमा नागरिक उपासकहरूमाथि गोली चलाएको’ बताए ।

    “छ नागरिक सहिद भए र एक जना घाइते भएका छन्”, मङ्गलबार बिहान उहाँले सामाजिक सञ्जाल एक्समा लेखे । सरकारी बख्तर समाचार एजेन्सीले आक्रमणमा मर्नेहरूको सङ्ख्या त्यति नै भएको उल्लेख गरेको छ ।

    घटना प्रान्तीय राजधानी हेरात सहरको दक्षिणमा रहेको एक जिल्लामा भएको थियो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी नगरे पनि विश्लेषकहरूले इस्लामिक स्टेटको क्षेत्रीय अध्याय अफगानिस्तानमा सबैभन्दा ठूलो सुरक्षा खतरा रहेको बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij