आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

विपत्ति

अपडेट : ललितपुर डढेलो- अर्का घाइतेको पनि मृत्यु


  • 469
    SHARES
  • https://indrenipost.com/posts/7921
    बैशाख १९, २०८१ बुधबार
    अपडेट : ललितपुर डढेलो- अर्का घाइतेको पनि मृत्यु

    पाटन (ललितपुर) । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ ।

    कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । आगो निभाउन गएका शङ्कर र रमेश पहरी गम्भीर घाइते भएका थिए ।

    शङ्करको मङ्गलबार तथा रमेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

    गोदावरी नगरपालिका–६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिकाको वडा नं ५ महादेव खोला सत्य सामुदायिक वन, वडा नं ४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं ९ छेडा सामुदायिक वन, वडा नं ३ जयभद्र सामुदायिक वन, वडा नं १० चारघरे सामुदायिक वन, वडा नं. ९ ढुङ्गेनी पातले सामुदायिक वन, वडा नं २ ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका–५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका–३ लुभु पातले सामुदायिक वनमा गएराति देखि आगलागी भएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

    आगो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको उनले बताए । यसैबीच, लेले जङ्गलमा लागेको डढेलो आनन्द वनमा फैलिएसँगै प्रहरी र स्थानीयको टोलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका त्रियानब्बे जना बिरामीलाई बज्रबाराही अस्पताल स्थानान्तरण गरेका गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले जानकारी दिए । डढेलोमा फसेका १५ जनाको मङ्गलबार उद्धार गरिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij