आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

युएईमा फेरि भीषण वर्षा, अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न सूचना


  • 559
    SHARES
  • https://indrenipost.com/posts/7945
    बैशाख २०, २०८१ बिहीबार
    युएईमा फेरि भीषण वर्षा, अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न सूचना

    युनाइटेड अरब इमिरेट्रसमा विहीबार बिहानैदेखि अचाक्ली वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएको जनाइएको छ ।

    दुवईका बासिन्दा बिहान उठ्दा हुरी, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको थियो । मौसम प्रक्षेपणभन्दा अघि नै बिहान ३ बजे नै यो अवस्था आएको थियो ।

    खाडी मुलुक यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो । ठूलो वर्षा सुरुमा राजधानी अबुधावीबाट सुदूर पश्चिममा रहेका अल धाफ्रा र अल शिला क्षेत्रमा महसुस गरिएको थियो ।

    विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको जनाइएको छ । अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न र अत्यावश्यक परेमा होसियारी अपनाउन सरकारी निकायले सर्वसाधारणलाई अलर्ट जारी गरेको गल्फ न्युजले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij