आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

अन्तर्राष्ट्रिय 

पुटिनसँग भेटवार्ताको तयारी गर्दै ट्रम्प


  • 406
    SHARES
  • https://indrenipost.com/posts/8027
    पुष २६, २०८१ शुक्रबार
    पुटिनसँग भेटवार्ताको तयारी गर्दै ट्रम्प

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता गर्न चाहेको बताएका छन् । 

    सन् २०२२ को फेब्रुअरीदेखि रूसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो अभियानका क्रममा प्रतिबद्धता जनाएपछि उनले पदभार ग्रहण गर्नुभन्दा डेढ हप्ताअघि यस्तो अभिव्यक्ति दिएका हुन् । 

    फ्लोरिडाको पाम बीचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको भेटमा ट्रम्पले भने, ‘उहाँ भेट्न चाहनुहुन्छ र हामी यसका लागि बन्दोबस्त गर्दैछौँ ।’

    उनले भने, ‘राष्ट्रपति पुटिनले भेट्न चाहेको कुरा सार्वजनिक रूपमा पनि बताउनुभएको छ । हामीले रूस–युक्रेन युद्ध अन्त्य गर्नुपर्छ । यो एक रक्तरञ्जित घटना हो ।’

    ट्रम्पले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव सार्वजनिक गरेका छैनन् । तर, संयुक्त राज्य अमेरिकाले किएभलाई पठाएको ठूलो परिमाणको सैन्य सहायताको बारम्बार आलोचना गर्दै आएका छन् । 

    ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘सेल्सम्यान’ को रूपमा खिल्ली उडाउँदै आएका छन् । पुटिनको विरलै आलोचना गर्ने र कहिलेकाहीँ प्रशंसासमेत गर्ने गरेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij