बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

मोटरसाइकल दुर्घटनामा लामिछानेको मृत्यु


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/8072
    माघ ६, २०८१ आइतबार
    मोटरसाइकल दुर्घटनामा लामिछानेको मृत्यु

    काठमाडौं । रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आज (आइतबार) बिहान २ बजे चौरजहारी नगरपालिका–१ लामिछानेगाउँका ३२ वर्षीय चिरन्जिवी लामिछानेको मृत्यु भएको हो । 

    चौरजहारीबाट घरतर्फ फर्किँदै गर्दा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी नायब उपरिक्षक प्रमेश बिष्टले जानकारी दिए । 

    मृतक लामिछाने कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्श समितिको सदस्य थिए । उनको मृत्युले गाउँ शोकमग्न बनेको छ । 

    मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको प्रहरीले जनाएको छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij