ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको रेडपाण्डा पटक पटक चोरीको प्रयासबाट आजित थियो तर गएको सनिवार
साढे १२ बजे उक्त रेड पाण्डा मरेको भेटिएको कुरा चिडियाखानाका प्रमुख सत्यनारायण शाहले बताएका छन।
उनका अनुसार एक सातादेखि बिरामी भएको रेडपान्डाले खानेकुराहरू कम खाइरहेको थियो। उपचारकै क्रममा उसको मृत्यु भएको हो।
बिरामी भएपछि औषधी खुवाइरहेका थियौं। सुधार नभइ मृत्यु भयो, उनले भने, पोस्टमार्टम रिपोर्टले किड्नी फेल भएर मृत्यु भएको देखाएको छ।
रेडपान्डालालाई चिडियाखाना र वन कार्यालयको चिकित्सकको सयुक्त टोलिले हेरिरहेको भएतापनि बचाउन नसकिएको उनले भने।
शाहका अनुसार उक्त रेडपाण्डा ११ बर्ष बाँच्यो। उनीहरूको न्यूनतम ८ देखि १० वर्ष उमेर हुन्छ। उसको जोडीको गत वर्ष मृत्यु भएको थियो। एक्लै भएकाले पनि लामो समय बचाउन नसकिएको प्रमुख शाहले बताए।
उनका अनुसार वैशाख ३० गते राति १० बजेतिर रेडपान्डा चोरी गर्ने प्रयास भएको थियो। पहिलोपल्ट सफल नभएपछि त्यही दिन उनीहरूले दोस्रो प्रयास गरेको थिए।