बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

आठ करोड लिटर पानी थपियो काठमाडौमा


  • 307
    SHARES
  • https://indrenipost.com/posts/9317
    असार ४, २०८२ बुधबार
    आठ करोड लिटर पानी थपियो काठमाडौमा

    असार  ४ गते, काठमाडौँ।  मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्नेकाम सुचारु गरिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रुपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुचारु गरिएको हो ।

    काठमाडौँमा वर्षातको समयमा पनि नियमित रुपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्की सोमबार खानेपानीमन्त्री प्रदीप यादवसहितको टोली उक्त क्षेत्रमा पुगेर उक्त टयाङ्कीको सफल परीक्षण गरेका थिए।nadi-death-1024x574.jpg

    परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङ मार्ग हुँदै सोमबार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौँ ल्याएर मङ्गलबारदेखि नियमित रुपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इञ्जिनियर रत्नप्रसाद लामिछानेले जानकारी दिए।

    उनले भने, “काठमाडौँमा पानी पथान्तरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्की सोमबार सफल परिक्षण गरिएको हो, सोही राति त्यहाँबाट पानी पथान्तरण गरेर काठमाडौँमा ल्याएर अहिले आठ करोड लिटर थप पानी वितरण गरिँदैछ ।”

    मेलम्ची आयोजनाको हेडबक्स नबन्दासम्मका लागि अस्थायी रुपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौँ ल्याई वितरण कार्यको सुरु गरिएको कार्यकारी निर्देशक लामिछानेले बताए । 

    “गत वर्ष पनि यहाँ बर्खामा कति फोहोर हुने रहेछ भनेर पहिलादेखि अध्ययन गरेका थियौँ”, उनलेृ भने “अघिल्लो वर्ष अध्ययन गर्दा यहाँको पानीमा कुनै समस्या देखिएको छैन, सोमबार पानी पथान्तरण गरी काठमाडौँ पुगेको र वितरण सुरु गरिएको छ ।” 

    अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको र वर्षातको बेलामा रिबर्मा खोलाबाट पाँचदेखि सात करोड लिटर पानी र बागमतीबाट पनि पाँचदेखि सात करोड लिटर पानी गरी कम्तीमा पनि दशदेखि १४ करोड लिटर पानी यो वर्ष काठमाडौँ ल्याउनेगरी तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

    रिबर्मा खोलाबाट ल्याइएको पानी काठमाडौँमा निर्माण भएका विभिन्न खानेपानी ट्याङ्कीमार्फत वितरण गर्दै उपत्यकावासीको दैनिक जीवनलाई सहज बनाउनका लागि यो आपूर्ति नियमित बनाइने तयारी गरिएको छ । लामो समयदेखि मेलम्ची आयोजनामा भइरहेका अवरोध र प्राविधिक समस्यापछि यो सफल प्रयासलाई मेलम्ची पुनरागमन को रूपमा हेरिएको छ । रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij