बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद्को खुल्ला सदस्यमा जैशीको उमेद्वारी दर्ता 


  • 5.9K
    SHARES
  • https://indrenipost.com/posts/8089
    माघ ८, २०८१ मंगलबार
    पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद्को खुल्ला सदस्यमा जैशीको उमेद्वारी दर्ता 

    काठमाडौं । पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद्को खुल्ला सदस्यमा धर्मराज जैशीले उम्मेदवारी दर्ता गराएका छन् । 

    यहीँ माघ १८ मा हुने उक्त परिषद्को निर्वाचनका लागि खुल्ला सदस्यमा जैशीले उम्मेदवारी दर्ता गराएका हुन् । 

    उनले उम्मेदवारी दर्ता गर्दै आफूले परिषद्का लागि पुर्याएको योग्दानबारे उल्लेख गरेका छन् । प्राविधिकरणको परिकल्पनाकार, पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७४, नियमावली २०८१ को मस्यौदाकार र निर्माणमा प्रमुख पहलकर्तासमेत हुन् । 

    परिषद्मा प्राविधिकलाई हालको दर्ता प्रक्रियामा प्रविधिकरणको अवधारणा निर्माण, परिषद् नियमावली २०८१ कार्यान्वयनमा उनले अहम् भूमिका खेलेका थिए । 

    जैशी सदस्य पदमा निर्वाचित भएमा परिषद्लाई उल्लेख्य सुधार गर्ने बताएका छन् । उनले विभिन्न जनशक्तिको पाठ्यक्रम पुनर्निर्माण, परिषद्लाई अन्तर्राष्ट्रिय संगठनमा आबद्ध गराउन वा चिनाउन आफूले पहल गर्ने प्रतिवद्धता गरेका छन् ।

    साथै उनले परिषद्सँग सरोकार राख्ने विभिन्न पेशागत संघ–संगठनसँग सुमधुर सम्बन्ध स्थापित गर्न, विभिन्न जनशक्तिको दर्ता प्रक्रिया पूर्णरूपमा प्रविधिकरण गर्ने र सोही जनशक्तिको अनुगमन तथा निरीक्षण गरेर गुणस्तरीय र प्रतिस्पर्धी बनाउन, परिषद्को भौतिक संरचना निर्माण कार्य सम्पन्न गर्न, श्रेणी र योग्यता अनुसारको प्राविधिक जनशक्ति तयार गरी कार्यजिम्मेवारी पूरा गरे नगरेको निरीक्षण गरी कानुनी दायरामा ल्याउने लगायतका सुधार गर्ने बताएका छन् । 

    परिषद्को अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रार र अन्य सदस्यसहित १९ जनाको कार्य समिति रहने व्यवस्था गरिएको छ । 

    9427e235-eff9-4dd6-8691-c5d41fee63c3.jpg

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij