आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा


  • 226
    SHARES
  • https://indrenipost.com/posts/8136
    फागुन १६, २०८१ शुक्रबार
    आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

     

    काठमाडौं । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछ । हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ ।
     
    शुक्रबार २१५२औँ ग्याल्पो ल्होसार हो । यो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका रूपमा मनाउन शुरु गरिएको बताइन्छ । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।

    शेर्पा समुदायमा ल्होसार तीन दिन मनाइन्छ । पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी र गुम्बामा जाने चलन छ । त्यहाँ गुरुको दर्शन गर्ने तथा आशीर्वाद लिने परम्परा छ । यो दिन अग्ला डाँडामा ध्वजापताका फहराउने पनि चलन छ । दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ । तेस्रो दिन यो समुदायका मानिस बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल ९भैरव, महाकाल आदि० को पूजा गर्छन् । पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । 

    शेर्पा समुदायमै पनि कतिपयले एक महिनाअघि ल्होसार मनाइसकेका छन् । सोनम ल्होसारकै दिन एक महिनाअघि ल्होसार मनाइएको हो । ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij