आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

एकल महिलाका छोरीलाई नगद सहयोग 


  • 253
    SHARES
  • https://indrenipost.com/posts/8228
    फागुन २२, २०८१ बिहीबार
    एकल महिलाका छोरीलाई नगद सहयोग 

     

    काठमाडौं । कैलालीको गोदावरी नगरपालिकास्थित दुई विद्यालयमा अध्ययनरत एकल महिलाका छोरीलाई नगदसहित शैक्षिक सामग्री वितरण गरिएको छ ।

    मानव अधिकारका लागि एकल महिला नामको गैरसरकारी संस्थाले नवज्योति र दुर्गा भवानी माध्यमिक विद्यालयमा अध्ययनरत ४० जना छात्रालाई सहयोग गरेको हो ।

    संस्थाका अध्यक्ष सुमन शर्माका अनुसार एकल महिलाका छोरीलाई नगद १० हजार, शैक्षिक सामग्री बोक्ने झोला र शारीरिक गतिविधि एवं खेलकुदमा भाग लिँदा लगाउने पोशाक प्रदान गरिएको हो । संस्थाले भविष्यमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij