आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

बोली फेरियोः ट्रम्पले दिए रुसमाथि प्रतिबन्धको चेतावनी 


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8257
    फागुन २४, २०८१ शनिबार
    बोली फेरियोः ट्रम्पले दिए रुसमाथि प्रतिबन्धको चेतावनी 

    काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्धको चेतावनी दिएका छन्। केही समययता युक्रेनसँग आक्रोशित ट्रम्पले बोली फेर्दै रुसविरुद्ध चेतावनीको भाषा बोलेका हुन्।

    इजरायलसँग युद्ध विराम नभएसम्म रुसमाथि कडा प्रतिबन्ध र करको निर्णय हुने कुरामा विचार गरिरहेको ट्रम्पले बताएका छन्। रुसले युद्ध मैदानमा लगातार युक्रेनमाथि आक्रमण गरेका कारण ट्रम्पको विचारमा परिवर्तन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।

    राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा प्रवेश गरेयता उनको बोलीमा आएको यो महत्त्वपूर्ण परिवर्तन हो।यसअघि उनले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको प्रशंसा गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको चर्को आलोचना गर्दै आएका थिए। उनले जेलेन्स्कीले युद्ध भड्काएको भन्दै आलोचना गरेका थिए। रुसले रातभर युक्रेनमा बमबारी गर्दै ऊर्जा केन्द्रमा आक्रमण गरेपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
    दक्षिणी केर्सन प्रान्तमा कम्तीमा दुई सर्व साधारणको ज्यान गएको छ।थुप्रै राज्यमा ऊर्जा केन्द्र र निजी निवास भत्किएका छन्।धेरै ग्यास उत्पादन केन्द्र पनि नास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

    ट्रम्पको यो अभिव्यक्तिको केही घण्टा अघि मात्र पनि उनले पत्रकारसँग जेलेन्स्कीसँगको वार्ता कठिन बताउँदै रुस सहज भएको बताएका थिए। गत शुक्रबार नै ट्रम्प र जेलेन्स्कीबीच ओभल अफिसमा वार्ताको क्रममा भनाभन समेत भएको थियो।यसअघि ट्रम्पले जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका थिए। यसै साता ट्रम्पले युक्रेनलाई गर्दै आएको सबै सहयोग रोक्ने निर्णयसमेत गरेका थिए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij