आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

अमेरिका र युक्रेनबीच वार्ता हुने, जेलेन्स्की पनि गए साउदी अरब

  • 352
    SHARES
  • https://indrenipost.com/posts/8289
    फागुन २७, २०८१ मंगलबार
    अमेरिका र युक्रेनबीच वार्ता हुने, जेलेन्स्की पनि गए साउदी अरब

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की साउदी अरेबिया प्रस्थान गरेका छन्।

    साउदी राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्न जेलेन्स्की सोमबार साउदी प्रस्थान गरेका हुन्।

    यसअघि अमेरिकाले युक्रेनलाई सहभागी नगराई साउदीमा वार्ता गरेपछि तय भएको साउदी भ्रमण पनि जेलेन्स्कीले रोकेका थिए।

    रोकिएको भ्रमणका लागि उनी साउदी गएका हुन्। त्यसक्रममा उनले साउदी राजकुमारसँग युक्रेन युद्धका विषयमा कुरा गर्नेछन्।

    रूस(युक्रेन युद्धकाबीच साउदीले विभिन्न विषयमा मध्यस्तकर्ताको भूमिका खेलेको छ।

    साउदीका राजकुमार भने वार्तामा युक्रेनलाई पनि सहभागी गराउन चाहन्थे यद्यपि त्यतिबेला ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका थिए।

    साउदी अरबमा मंगलबार अमेरिकी अधिकारी र युक्रेनी अधिकारीबीच वार्ता हुँदै छ। सो वार्ताको पूर्वसन्ध्यामा जेलेन्स्की साउदी पुगेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    यद्यपि जेलेन्स्की आफै भने वार्तामा सहभागी हुनेछैनन्।

    वार्ता दुई देशका उच्च अधिकारीहरूबीच हुनेछ। युक्रेनबाट जेलेन्स्कीका कर्मचारी प्रमुख, रक्षा र विदेशमन्त्री तथा उच्च सैनिक अधिकारी सहभागी हुने रोयटर्सले जनाएको छ।

    ‘ठोस प्रतिबद्धताका लागि हामी पूर्ण रूपमा तयार छौं। वार्ता र सहमतिबाट आवश्यक निर्णय र कदम चालिन्छ भन्नेमा आशावादी पनि छौं,’ जेलेन्स्कीले एक्समा पनि लेखेका छन्। 

    अमेरिकाबाट पनि उच्च अधिकारीहरु बैठकमा सहभागी हुनेछन्। राष्ट्रपति ट्रम्पले पनि मंगलबारको वार्ताबाट परिणाम निस्कने बताएका थिए।

    ट्रम्पले युक्रेनलाई वार्तामा बस्न र सहमति गर्न दबाब दिन सैन्य सहायतादेखि इन्टेलिजेन्स सूचना आदान प्रदान र भू-उपग्रहले खिचेको तस्बिर आदानप्रदानमा समेत रोक लगाएका छन्।

    अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायता कटौती गरेपछि रूस अझै आक्रामक भएर युक्रेनी भूभागहरुमा हमला गरिरहेको छ।

    वार्ताको प्रयास भइरहँदा रूसले युक्रेनमाथि आक्रमण गरेपछि ट्रम्पले रूसमाथि पनि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाउने धम्की दिइरहेका छन्।

    अघिल्लो शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएको घटनापछि पहिलोपटक युक्रेन र अमेरिका वार्ता टेबलमा बस्न लागेका हुन्।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij