काठमाडौं । पाकिस्तानी सेनाले बालुचिस्तान प्रान्तमा पृथकतावादी समूहले कब्जामा लिएको रेलका तीन सय यात्रुलाई मुक्त गरेको छ। सेनाका प्रवक्ताले अपरेसनको दौरान ३३ जना हत्या भएको बताएका छन्। उक्त अपरेसन हुनु भन्दा अघि नै बालोच लिबरेसन आर्मी ९बिएलए०ले २१ बन्दी तथा चार सेनाको हत्या गरिसकेको थियो।
सेनाले त्यस क्षेत्रमा थप क्षति हुन नदिनका लागि सर्च अभियान चलाइरहेको जनाएको छ। सेनाका प्रवक्ताकै अनुसार अपहरणमा परेको रेलमा चार सय ४० जना यात्रु सवार थिए। सेनाले केही विद्रोही सेनाले यात्रु समेत लिएर पहाडी क्षेत्रमा गएको हुनसक्ने बताएको छ। आक्रमणको समयमा भागाभाग गर्ने क्रममा हराएका यात्रुको खोजी कार्य भइरहेको सेनाले जनाएको छ। बिएलए स्वतन्त्र बलुचिस्तानको माग गर्दै सङ्घर्ष गर्दै आएको समूह हो। सो समूहले त्यस क्षेत्रमा रहेको खनिजको श्रोतलाई सरकारले दुरुपयोग गरेको आरोप लगाएको छ
यसअघि पनि सो समूहले धेरै स्थानमा आक्रमण गरेको थियो। रेल कब्जामा लिएको घटना भने यो पहिलो हो। ४८ घण्टामा बालोचका राजनीतिक बन्दीलाई रिहा नगरे आफूले बन्दी बनाएकाको ज्यान लिने चेतावनी उनीहरूले दिएको थिए। उनीहरूले रेलबाट बन्दी बनाएका मध्य करिब सय जना सेना रहेको जनाइएको छ।