आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

बरामद २५ करोडका बारे छानविन गर्न माओवादी माग


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/8397
    चैत ६, २०८१ बुधबार
    बरामद  २५ करोडका बारे छानविन गर्न माओवादी माग

     

    काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसदले गत सोमबार राती समातिएको २५ करोड रूपैयाँको उचित छानबिनको माग गरेका छन् ।  प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले केरूङतर्फ जाँदै गरेको मालबहाक ​ट्रकबाट २५ करोड रुपैयाँ अवैध रकम बरामद भएको विषयमा छानबिनका लागि विशेष समिति बनाउन माग गरेको हो ।

    बुधबार प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् । ‘यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,’ उनले भने ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो ।

    उक्त रकममा माओवादी नेताहरु जोडिएको राजा ल्याउने अभियानमा लागेका दुर्गा प्रसाईले आरोप लगाएका छन् । उक्त विषयमा खण्डन गर्दै माओवादी नेताहरुले निष्पक्ष छानबिन गर्न समिति बनाउन माग गरेका हुन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij