काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । मंगलबार सहित पछिल्लो चार कारोबार दिन सुन निरन्तर घटिरहेको सुन बुधबार आएर बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २७ गते बुधबार छापावाल सुनको भाउ १ लाख ७५ हजार ४०० रुपैयाँमा तोकिएको हो । यस्तै आज चाँदीको भाउ भने तोलाको १८३५ रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेर १ लाख ७३ हजार ४०० रुपैयाँमा तथा चाँदीको भाउ स्थीर रहँदै तोलाको १८३० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारसम्म चारमा मात्रै सुनको भाउ ६ हजार ९०० रुपैयाँले सस्तिएको थियो । चैत २१ गते बिहीबार सुन तोलाको १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको रेकर्ड छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३००९ दशमलव २८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस २९ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजार भाउको आधारमा नेपालमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।