काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टले राजीनामा दिएका छन् । गभर्नर बन्ने लगभग पक्का भएसँगै उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् ।
बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्ट नाममा सहमति भएको जनाइएको छ । योसँगै उनले राजीनामा दिएका हुन् ।
संभवत आजै अर्थमन्त्री बिष्णु पौडेल संयोजक रहेको गभर्नर नियुक्ति समितिले भट्टसहित अन्य २ जनाको नाम गभर्नरमा सिफारिस गर्ने छ । भट्टले अर्थशास्त्रमा विद्यावारिधि छन् भने व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।