सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अमेरिकी डलर स्थिर हुँदा बढ्यो अस्ट्रेलियन डलरको भाउ

  • 253
    SHARES
  • https://indrenipost.com/posts/8777
    बैशाख ६, २०८२ शनिबार
    अमेरिकी डलर स्थिर हुँदा बढ्यो अस्ट्रेलियन डलरको भाउ

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

    आज अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ।युरोको भाउ भने आज घटेको छ।

    शुक्रबार एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसामा कारोबार भएको युरोको भाउ शनिबार  एकको खरिददर १५५ रूपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७१ पैसा तोकिएको छ।

    अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २७ पैसा तोकिएको छ। शुक्रबारको तुलनामा यसको भाउ सामान्य बढेको छ। शुक्रबार अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा थियो।

    शनिबार युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ३१ पैसा कायम गरिएको छ।

    क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।

    यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा कायम भएको छ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा निर्धारण भएको छ।

    यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १७ पैसा र बिक्रीदर १४ रूपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७६ पैसा र बिक्रीदर २० रूपैयाँ ८५ पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५६ पैसा र बिक्रीदर १७ रूपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५९ पैसा रहेको छ। यस्तै, केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij