काठमाडौं । पोखरामा बस दुर्घटना भएको छ। पोखरा महानगरपालिका–२२ स्थित विश्व शान्ति स्तूपनजिकै बुधबार दिउँसो ग १ ख ३८८६ नम्बरको नगरबस दुर्घटना भएको हो।
२६ जना सवार बस दुर्घटना हुँदा चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।