काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समितिमा डा पोषराज पाण्डेलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा अर्थशास्त्री पाण्डेलाई नियुक्त गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
यसअघि गठित समितिमा अर्थविद्का रुपमा सदस्य नियुक्त भएका विश्व पौडेलले राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो।