सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

स्थायी समितिलाई रामदीप आचार्यको ५ बुँदे सुझाव गोपनीयता भंग नगर्न चेतावनी, गालीगलौज रोक्न आग्रह


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/9729
    साउन १९, २०८२ सोमबार
    स्थायी समितिलाई रामदीप आचार्यको ५ बुँदे सुझाव गोपनीयता भंग नगर्न चेतावनी, गालीगलौज रोक्न आग्रह

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकले राजनीतिक वृत्तमा तातिरहेको बेला पार्टीका एक बौद्धिक नेताले स्थायी समितिलाई लक्षित गर्दै महत्त्वपूर्ण सुझावहरू सार्वजनिक गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य, स्कूल विभागका सचिव तथा अखिल नेपाल ट्रेड युनियन महासंघका फ्याक्सन इन्चार्जसमेत रहेका रामदीप आचार्यले पार्टीभित्रको बहसलाई मर्यादित र परिणाममुखी बनाउन पाँच बुँदे सुझाव दिएका हुन् ।
    आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आचार्यले दिएका यी सुझावहरूले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ र धेरैले यसमा समर्थन जनाउँदै टिप्पणी र शेयर गरेका छन् ।
    गोपनीयता कायम नभए औचित्यमाथि प्रश्न उठ्छ
    आचार्यले पार्टीलाई एक अनुशासित संस्थाको रूपमा चित्रण गर्दै स्थायी समिति जस्तो महत्त्वपूर्ण र निर्णायक तहका बैठकका गोप्य छलफलहरू बाहिरिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । यदि स्थायी समितिले आफ्ना बैठकका निर्णय र छलफलको गोपनीयता कायम गर्न सक्दैन भने यसको औचित्यमाथि नै गम्भीर प्रश्न उठ्छ, उनले चेतावनीको शैलीमा लेखेका छन् ।
    अन्तरसंघर्ष मैत्रीपूर्ण हुनुपर्छ, गालीगलौज बन्द होस्
    उनले पार्टीभित्रको अन्तरसंघर्षलाई वर्गसंघर्षको जस्तो कटु र निषेधात्मक शैलीमा नलैजान आग्रह गरेका छन् । उनको सुझाव छ, पार्टीभित्रको अन्तरसंघर्ष मैत्रीपूर्ण र कमरेडली हुनुपर्छ । आचार्यले नेता तथा कार्यकर्ताहरूले व्यक्तिगत रिसइबी र गालीगलौजमा उत्रिनुभन्दा पार्टीको विचार, रणनीति, सांगठनिक संरचना र कार्यशैलीमा केन्द्रित भएर स्वस्थ बहस गर्नुपर्नेमा जोड दिएका छन् । व्यक्तिगत आक्षेपले पार्टीलाई कमजोर बनाउने उनको ठहर छ ।
    एकता, संघर्ष र रूपान्तरणको बाटो
    अन्त्यमा, आचार्यले पार्टीलाई जीवन्त र एकताबद्ध बनाउन एकता, संघर्ष, रूपान्तरणको मार्क्सवादी विधि अपनाउनुपर्ने निष्कर्ष निकालेका छन् । उनका अनुसार, विचार र विधिमा हुने स्वस्थ संघर्षले नै पार्टीलाई रूपान्तरण गर्दै थप एकताबद्ध बनाउँछ, जुन आजको प्रमुख आवश्यकता हो ।
    माओवादी केन्द्रभित्र अध्ययनशील र प्रखर वक्ताको छवि बनाएका आचार्यको यो सुझावलाई पार्टीको आन्तरिक जीवन र बहसलाई सही दिशामा डोऱ्याउने प्रयासको रूपमा समेत लिइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij