आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

सुनको मूल्यमा भारि गिरावट, कतिमा झर्यो मूल्य ?

  • 181
    SHARES
  • https://indrenipost.com/posts/9111
    जेठ १, २०८२ बिहीबार
    सुनको मूल्यमा भारि गिरावट, कतिमा झर्यो मूल्य ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij