आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादी सुदूरपश्चिम दलको नेतामा भट्ट फर्किए 


  • 2.2K
    SHARES
  • https://indrenipost.com/posts/9127
    जेठ २, २०८२ शुक्रबार
    माओवादी सुदूरपश्चिम दलको नेतामा भट्ट फर्किए 

    काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश  संसदीय दलको नेतामा खगराज भट्ट चयन् भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।प्रदेश सभा सदस्य शिवसिंह ओलीले बैठकले सर्वसम्मत रूपले दल नेता परिवर्तन गरेको जानकारी दिए ।

    १२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदहरुको बैठकले भट्टलाई हटाउँदै दल नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो । त्यसपछि माओवादी प्रदेश संसदीय दल विभाजित बनेको थियो ।पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भट्टलाई दलको नेतामा निरन्तरता दिन पार्टी अध्यक्ष प्रचण्डले पटक–पटक लिखित र मौखिक निर्देशन दिदै आएका थिए तर प्रदेश संसदीय दलले अटेरी गर्दै आएको थियो ।

    तर अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान शुभारम्भ गर्न सुदूरपश्चिम आएका बेला आफ्नै उपस्थितिमा दलको बैठक राखेर भट्टलाई दलको नेतामा पुनर्वहाली गराएका हुन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij