शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

सत्यनिरुपण र बेपत्ता छानबिन आयोगका अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ


  • 748
    SHARES
  • https://indrenipost.com/posts/9169
    जेठ ५, २०८२ सोमबार
    सत्यनिरुपण र बेपत्ता छानबिन आयोगका अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानन्यायाधीश राउतले आयोगका दुई अध्यक्षलाई शपथ ग्रहण गराएपछि अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यलाई पद तथा गोपनीयताका शपथ ग्रहण गराएका थिए ।

    सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी, डा. टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा रहेका छन् । त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा गड्तौला तथा सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य रहेका छन् ।

    मन्त्रिपरिषद्को बैठकले १ जेठ दुवै आयोगका लागि अध्यक्ष तथा सदस्यहरू नियुक्ति गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij