आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रचण्डले भने, ‘मैले कारबाही गरेर बाबुराम बादलहरूले पार्टी छाडेका होइनन्’ 


  • 163
    SHARES
  • https://indrenipost.com/posts/9190
    जेठ ७, २०८२ बुधबार
    प्रचण्डले भने, ‘मैले कारबाही गरेर बाबुराम बादलहरूले पार्टी छाडेका होइनन्’ 

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले कारबाही गरेर बाबुराम भट्टराई, रामबहादुर थापा बादलहरूले पार्टी छाडेको नभएको बताएका छन्। जागरण अभियानअन्तर्गत मङ्गलबार (आज) रुकुममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    २०६४ को निर्वाचनपछि पार्टी एकताबद्ध रहन नसकेको उल्लेख गर्दै उनले भने, ’मैले पार्टी अध्यक्षको हैसियतले कसैलाई पनि कारबाहीको डन्डा चलाएर ठीक गर्ने नीति लिएको छैन। किरणजीहरूले पार्टी अनुशासन तोडेर जाँदा पनि कारबाहीको डन्डा चलाएर निकालेको रिकर्ड छैन। बादल जस्ता, बाबुराम जस्ताले पार्टी छोड्नुभयो। मैले कारबाही गरेर उहाँहरूले पार्टी छोडेको होइन। उहाँहरू आफ्नै बुद्धि, विचार र प्रवृत्तिका कारणले उहाँहरू पार्टीबाट विचलित भएर अर्को धारातिर जानुभयो। मैले कहिल्यै पनि कारबाहीको डन्डा चलाएर पार्टी चलाउने कोसिस गरिनँ।’

    उनले पार्टी तितोमिठो भइरहने बताए। तर, त्यसबाट विचलित भएर पार्टी छोड्ने काम गर्दा जनताप्रतिको विश्वासघात हुने उनले बताए।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij