शनिबार, साउन १७ गते २०८२ Aug 02 2025 Saturday
images
images

चार समितिको चासो बढाउँदै संसद्, भूमि, मिडिया, जलस्रोत र राष्ट्रिय आयोजनामाथि छलफल


  • 694
    SHARES
  • https://indrenipost.com/posts/9690
    साउन १६, २०८२ शुक्रबार
    चार समितिको चासो बढाउँदै संसद्, भूमि, मिडिया, जलस्रोत र राष्ट्रिय आयोजनामाथि छलफल

    काठमाडौँ, १६ साउन – सङ्घीय संसद्मातहत रहेका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यसूचीअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।
    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज दिउँसो १२ः३० बजे समितिको आफ्नै कार्यकक्षमा बस्नेछ । बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ । छलफलका लागि सङ्घ तथा प्रदेश सरकारका सरोकारवाला मन्त्रालय, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, तथा भूमि, वन र कानुन क्षेत्रका विज्ञहरूलाई आमन्त्रित गरिएको छ ।
    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो २ः३० बजे बस्नेछ । बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ ।
    विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ः०० बजे समितिको बैठककक्षमा बस्दैछ । बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि विस्तृत दफावार छलफल गरिनेछ ।
    त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, समस्या, समाधानका प्रयासहरू र समितिसँगको अपेक्षाबारे छलफल हुनेछ ।
    यी बैठकहरूले नीतिगत छलफललाई गहन बनाउँदै संसद्को विधायी तथा अनुगमन भूमिकालाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij