आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

गृहमन्त्रालयकै अग्रसरमा मानव तस्करी, नौ कर्मचारी भए सरुवा


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/9218
    जेठ ९, २०८२ शुक्रबार
    गृहमन्त्रालयकै अग्रसरमा मानव तस्करी, नौ कर्मचारी भए सरुवा

    काठमाडौं । मानव तस्करीको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा भएका छन् । उनीहरूमाथि भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो । 

    बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सह सचिव भट्टराईलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा पर्नुअघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए । भिजिट भिसामा शंकास्पद गतिवधि गरेका अरू आठ जनाको सरुवा गरिएको छ ।

    गृह मन्त्रालयले प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । उनीहरू नायब सुब्बा पदमा कार्यरत थिए ।

    सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरू कमला श्रेष्ठसहित कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभागअन्तर्गत हुने गरी सरुवा गरिएको छ । गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले आठ जनालाई सरुवा गरेका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij