आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काठमाडौं महानगर मेयर बालेनले भने,‘ फल्चा काठमाडौँ उपत्यकाको पहिचान हो, यसको संरक्षण गर्न आवश्यक छ’


  • 847
    SHARES
  • https://indrenipost.com/posts/9226
    जेठ १०, २०८२ शनिबार
    काठमाडौं महानगर मेयर बालेनले भने,‘ फल्चा काठमाडौँ उपत्यकाको पहिचान हो, यसको संरक्षण गर्न आवश्यक छ’

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले फल्चा केवल ऐतिहासिक संरचना मात्र नभएर काठमाडौँ उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर भएको उल्लेख गरेका छन् । यसको संरक्षण र पुनर्निर्माणमा महानगर निरन्तर लागिपरेको उनले बताए । 

    सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्त्व ठुलो छ तर यी विस्थापित हुँदै छन् । यसलाई तस्बिर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्द्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ । त्यसैले सोच्थेँ, कम्तीमा, हरेक बस स्टपमा यात्रुहरूलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो । अहिले त्यहीअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउँदछौ ।’

    फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको उनले उल्लेख गरेका छन् ।  चैत्य वा पाटीसँग जोडिएका फल्चामा भजन, पूजा र पर्वका तयारीसमेत हुने गरेको उनले स्मरण गरे । उनी लेख्छन् ‘प्राचीन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्रामस्थल बनेका ती ठाउँहरूले काठमाडौँ गल्लीहरूमा थकित शरीरलाई विश्रामको मौका दिई फुर्तिलो बनाउँथे । बुढापाका मानिसहरूले फल्चामा बसेर कथा, इतिहास र परम्परा सुनाउँदा  पुस्तान्तरण हुँदै मौलिक इतिहास संरक्षणमा ठूलो योगदान पुग्थ्यो । यसैले फल्चा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौँ उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो ।
     
    काठमाडौँ महानगरपालिकाले विभिन्न सडकखण्डमा बस बिसौनी (फल्चा) निर्माण कार्य निरन्तर गर्दै आएको शाहले बताएका छन् ।  ‘आर्थिक वर्ष २०७९–८० देखि नै फल्चा बनाउन बजेट विनियोजन गरिएको हो । विजुली बजारमा रहेका दुईवटा फल्चा आर्थिक वर्ष २०८०–८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन् । माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको तयारी भइरहेको छ, जसमध्ये आठवटाको निर्माण भइसकेको र ती माघ २०८२ भित्र सम्पन्न हुने जानकारी गराउँछौँ । यी सबै फल्चाको कुल लागत करिब रु। ९ करोड रहेको छ’ उनले भने ।

     
    शाह भन्छन् ‘कंक्रीटाइजेसनले छोपेको यो समयमा काठमाडौँको सभ्यता झल्काउने झिंगटीको छानो, थामलगायत तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा दृष्यका लागि पनि मनोरम बन्ने छ । सुविधाका लागि हरेक फल्चामा दुईतर्फी यात्रु विश्रामको सुविधा छ र बिचको बाटोबाट पैदल आवतजावत सहज हुने गरी डिजाइन गरिएको छ । यो अपाङ्गमैत्री पनि छ ।’ 

    मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठुलो छ तर यी विस्थापित हुँदैछन् । यसलाई तस्विर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्द्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ । त्यसैले सोच्थेँ, कम्तिमा, हरेक बस स्टपमा ९द्यगक क्तयउ० यात्रुहरुलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो । अहिले त्यहिअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउदछौ ।
    फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको छ, जहाँ मानिसहरू भेला भएर विचार साटासाट, मेलमिलाप र सामूहिक निर्णय लिने गर्दथे । चैत्य वा पाटीसँग जोडिएका फल्चामा भजन, पूजा र पर्वका तयारीसमेत चलिरहन्थ्यो । 
    प्राचिन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्रामस्थल बनेका ती ठाउँहरूले काठमाडौं गल्लीहरूमा थकित शरीरलाई विश्रामको मौका दिइ फूर्तिलो बनाउँथे । बुढापाका मानिसहरूले फल्चामा बसेर कथा, इतिहास र परम्परा सुनाउँदा  पुस्तान्तरण हुँदै मौलिक इतिहास संरक्षणमा ठूलो योगदान पुग्थ्यो । यसैले फल्चा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो । 
    त्यसैले काठमाडौं महानगरपालिकाले विभिन्न सडकखण्डमा बस विसौनी ९फल्चा० निर्माण कार्य निरन्तर गर्दै आएको छ । आर्थिक वर्ष २०७९र८० देखि नै फल्चा बनाउन बजेट विनियोजन गरिएको हो । विजुली बजारमा रहेका दुईवटा फल्चा आर्थिक वर्ष २०८०र८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन् । माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको तयारी भइरहेको छ, जसमध्ये आठवटाको निर्माण भइसकेको र ती माघ २०८२ भित्र सम्पन्न हुने जानकारी गराउँछौँ । यी सबै फल्चाको कुल लागत करिब रु। ९ करोड रहेको छ ।
    ‘कंक्रीटाइजेसन’ले छोपेको यो समयमा काठमाडौंको सभ्यता झल्काउने झिंगटीको छानो, थामलगायत तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा दृष्यका लागि पनि मनोरम बन्ने छ । सुविधाका लागि हरेक फल्चामा दुईतर्फी यात्रु विश्रामको सुविधा छ र बीचको बाटोबाट पैदल आवतजावत सहज हुने गरी ुडिजाइनु गरिएको छ । यो अपाङ्गमैत्री पनि छ । 
    यस्ता कार्यले काठमाडौंको मौलिक संस्कृतिलाई थप उजागर गर्न मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास छ । 
    धन्यवाद

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij