आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै


  • 172
    SHARES
  • https://indrenipost.com/posts/9236
    जेठ ११, २०८२ आइतबार
    रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुने बताइएको छ ।

    यसअघि रास्वपाले शनिबार सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij