काठमाडौं– काठमाडौं महानगरपालिका १७ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरलाई मेयर बालेन्द्र शाह बालेनले प्रष्टिकरण सोधेका छन् ।
प्रवक्ता मानन्धरलेसँग कुराकानी गर्दै आफूलाई स्पष्टिकरण सोधिएको जानकारी दिए । मानन्धरको अनुसार उनले ‘ विभिन्न ठाउँमा मिडियामा बोल्दै गर्दा, मेयर माथि व्यक्तिगत मान हानी भयो’ भनेर स्पष्टिकरण सोधिएको छ ।
स्पष्टिकरण पत्र आइपुगिसेको र आफूले बुझिसकेको मानन्धरले बताए । स्पष्टिकरण पत्रमा मेयर बालेनको सचिवालय प्रमुख सान्ता पहाडीको हस्ताक्षर छ ।