शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा


  • 910
    SHARES
  • https://indrenipost.com/posts/9246
    जेठ १२, २०८२ सोमबार
    कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (सोमबार) बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने कांग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुने बताइएको छ ।

    पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ  क्रियाशील सदस्यताबारे टुङ्गो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष हुने सम्भावना कमजोर बनेको छ ।

    यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादबारे पनि छलफल हुने बुझिएको छ ।

    अध्यागमन विभागमा सेटिङ मिलाएर दैनिक ५० लाख असुली गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ । उनले भने आरोप अस्वीकार गर्दै मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रष्ट पार्ने बताइसकेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij