शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

  • 226
    SHARES
  • https://indrenipost.com/posts/9266
    जेठ १३, २०८२ मंगलबार
    विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । मङ्गलबार बिहान ११ बजे बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसाको विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाएका थिए । त्यसपछि बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको थियो ।

    विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताइरहेका छन् । बिहान बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए ।

    त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग नबन्दासम्म संसद् चल्न नदिने बताएका थिए ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij