काठमाडौँ।भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई)का नाममा जारी भिसा अमेरिकाले रद्द गरेकाे छ।
भट्टराईमाथि भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएसँगै अमेरिकाले उनीहरूको भिसा रद्द गरेको हो।
भट्टराईकाे भिसा रद्द गरेर यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको बुझिएको छ।
विमानस्थलका अध्यागमन प्रमुख भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो बुधबार पक्राउ गरेको थियो।