बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कोरोना कहर

कोरोनाका कारण गन्ध हराउने समस्याको उपचार आउँदै


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/947
    असोज १४, २०७८ बिहीबार
    कोरोनाका कारण गन्ध हराउने समस्याको उपचार आउँदै

    भिटामिन ए युक्त नाकमा हाल्ने ड्रप्सले कोभिडका कारण गन्ध हराउने समस्या समाधान गर्न सक्ने अध्ययनमा देखिएको छ । यस सम्बन्धी युनिभर्सिटी अफ इस्ट एन्जिलाले १२ हप्ताको ट्रायल सञ्चालन गरिरहेको छ । 

    यसमा सहभागी कोभिडका बिरामीहरुले यो उपचार पाउनेछन् । त्यसपछि उनीहरुलाई कुहिएको अण्डा र गुलाबको फुल जस्ता शक्तिशाली गन्ध छाड्ने वस्तुहरु सुँघ्न लगाइनेछ । अनि उनीहरुको मस्तिष्कको स्क्यान गरिनेछ । त्यस भिटमिनले सुँघ्ने क्षमतामा क्षति पुर्याएको ओल्फ्याक्टरी नर्भलाई ठीक गर्यो कि गरेन भनेर यसबाट पत्ता लगाइनेछ । 

    गन्ध हराउनुलाई कोभिडको सबैभन्दा सामान्य लक्षण मानिन्छ । तर कतिपय अवस्थामा अन्य भाइरस जस्तै फ्लुले पनि यस्तो गराउन सक्छ । र प्रायः मानिसहरले बिस्तारै केही हप्तामा आफैँ सुँघ्ने क्षमता पुनः प्राप्त गर्दछन् । तर कतिपयलाई चाहिँ लामो समयसम्म गन्ध थाहा नपाउने समस्या रहिरहने गरेको पनि पाइएको छ । 

    जस्तै लन्डनकी २९ वर्षीया लिना अल्नादीलाई कोभिड भएपछि उनमा ‘पारोसिमा’ विकसित भयो यसको अर्थ उनका लागि धेरै साधारण कुराहरुको गन्ध पनि पूर्ण रुपमा फेरिएको छ ।

    जस्तै उनलाई धाराको पानी एकदमै नराम्रो गनाउँछ । त्यस्तै धनियाँ चाहिँ उनलाई सेन्ट जस्तो बास्ना आउँछ । उनको सबैभन्दा मनपर्ने खानेकुरा अण्डा उनलाई जलेको रबर जस्तो गनाउने गरेको उनी बताउँछिन् । 

    उनले भनिन्– हामीले सुँघ्ने क्षमतालाई कति सामान्य रुपमा लिइरहेका हुन्छौँ । तर यो गुमाउनुपर्दाको पीडा अत्यन्तै भयानक छ । यसले विशेषगरी मेरो डायटलाई पूरै बदलिदिएको छ । आफूलाई मन पर्ने र सधैँ खाइरहने धेरै खानेकुरा मैले मुखमा हाल्नै सकिरहेको छैन । यो मेरा लागि अत्यन्तै समस्याजनक बनेको छ । 

    खानेकुरा मात्र नभएर दैनिकीका साधारण गतिविधि जस्तै नुहाउनु अनि दाँत माझ्नुलाई पनि यसले अत्यन्तै नराम्रो अनुभव बनाइदिन्छ । लिनाले चाहिँ केही उपायहरु लगाएर खाने कामलाई सहज बनाएकी छन् । जस्तै खानेकुरामा धेरै कागती अनि पीरो राख्दा खान सकिने उनले बताइन् । 

    यो ट्रायल सफल भएमा लिना जस्ता धेरै कोभिड बिरामीका लागि ठूलो राहत हुनेछ भने अन्य साधारण बिरामीलाई पनि लाभदायक हुनेछ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij