मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

मन्त्रिपरिषद् विस्तार आजभोलि नै हुन्छ : प्रचण्ड


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/954
    असोज १४, २०७८ बिहीबार
    मन्त्रिपरिषद् विस्तार आजभोलि नै हुन्छ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने बताएका  छन् । बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

     ‘हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं । अरू केही मन्त्रालय पनि छिट्टै सम्भवतः आजभोलि नै टुंगिँदैछ’ प्रचण्डको भनाइ छ ।

    प्रचण्डले गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रममा पारिएको बताए । ‘तपाईंहरुले हेरिरहनु भयो होला, पहिलोचोटी सरकारको साझा न्यूनतम कार्यक्रममा सहिद तथा वेपत्ताका बारेमा घाइते अपाङ्गका बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण, उपचारका सन्र्दभमा औपचारिक दस्तावेजीकरण भएर अघि बढेको छ,’  उनले भने, ‘विगतमा छुटेकाहरूलाई समेटेर राष्ट्रिय सहिद घोषणा गर्ने भनेर प्रक्रिया पनि अघि बढेको छ ।’

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij