शनिबार, साउन १७ गते २०८२ Aug 02 2025 Saturday
images
images

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य विवरण


  • 577
    SHARES
  • https://indrenipost.com/posts/9549
    साउन २, २०८२ शुक्रबार
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य विवरण

    काठमाडौँ, २ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ । समितिले दैनिक रुपमा निर्धारण गर्ने मूल्यसूची अनुसार आज अधिकांश तरकारी तथा फलफूलको भाउ स्थिर रहेको छ ।
    समितिले सार्वजनिक गरेको मूल्यअनुसार आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो अधिकतम थोक मूल्य रु ७०, आलु रातो रु ४५ र भारतीय सुकेको प्याज प्रतिकिलो रु ४५ कायम भएको छ ।
    आजका प्रमुख तरकारीको मूल्य
    गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ७०
    गोलभेँडा सानो लोकल प्रतिकिलो रु ३०
    आलु रातो प्रतिकिलो रु ४५
    आलु रातो भारतीय प्रतिकिलो रु ४०
    आलु सेतो प्रतिकिलो रु ३८
    प्याज सुकेको भारतीय प्रतिकिलो रु ४५
    गाजर लोकल प्रतिकिलो रु १००
    बन्दा लोकल प्रतिकिलो रु ३२
    काउली स्थानीय प्रतिकिलो रु ६०
    रातो मूला प्रतिकेजी रु ४५
    भन्टा लाम्चो प्रतिकिलो रु ३०
    घिरौला प्रतिकिलो रु ४५
    भिण्डी प्रतिकिलो रु ३०
    लौका प्रतिकिलो रु ३०
    तीतो करेला प्रतिकिलो रु २०
    सिमी, बोडी तथा अन्य तरकारी
    समितिका अनुसार घिउ सिमी लोकल प्रतिकिलो रु ४५, तने बोडी रु २५, मटरकोसा रु २००, भटमास कोसा रु १२०, फर्सी हरियो लाम्चो रु २५, स्कूस रु ४५, पिँडालु रु ७० र सलगम प्रतिकिलो रु ८० मा कारोबार भइरहेको छ ।
    हरियो सागपातको मूल्य
    रायोसाग प्रतिकिलो रु ८०
    पालुङ्गो साग प्रतिकिलो रु ८०
    तोरीको साग प्रतिकिलो रु ६०
    हरियो प्याज प्रतिकिलो रु १७०
    पुदिना प्रतिकिलो रु २००
    धनियाँ हरियो प्रतिकिलो रु ३००
    निगुरो प्रतिकिलो रु ८०
    फलफूलको मूल्य
    स्याउ फुजी प्रतिकिलो रु ३४०
    केरा प्रति दर्जन रु १३५
    अनार प्रतिकिलो रु ३५०
    आँप माल्दा दशहरी प्रतिकिलो रु १३५
    कागती प्रतिकिलो रु १५०
    मौसम प्रतिकिलो रु १६०
    नास्पाती लोकल प्रतिकिलो रु ४०
    मेवा भारतीय प्रतिकिलो रु १००
    भुइँकटहर प्रतिगोटा रु १६०
    मसला, माछा तथा अन्य
    यसैगरी, अदुवा प्रतिकिलो रु १००, लसुन सुकेको नेपाली रु १६०, हरियो खुर्सानी रु ५०, अकबरे खुर्सानी रु २२० र सुकेको खुर्सानी प्रतिकिलो रु ३५० रहेको छ । च्याउ डल्ले प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु २५० मा किनबेच भइरहेको छ ।
    समितिले ताजा माछा रहु प्रतिकिलो रु ३३० र गुन्द्रुक प्रतिकिलो रु ३५० थोक मूल्य तोकेको छ । समितिले निर्धारण गरेको यो मूल्य कालीमाटी बजारमा हुने थोक कारोबारका लागि हो, यसैका आधारमा खुद्रा बजारमा मूल्य केही फरक पर्न सक्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij