शनिबार, साउन १७ गते २०८२ Aug 02 2025 Saturday
images
images

‘गुण्डा विरुद्धको अपरेशन रोकिँदैन’ उपत्यकामा प्रहरीको कडा कदम


  • 568
    SHARES
  • https://indrenipost.com/posts/9698
    साउन १७, २०८२ शनिबार
    ‘गुण्डा विरुद्धको अपरेशन रोकिँदैन’ उपत्यकामा प्रहरीको कडा कदम

    काठमाडौँ, १७ साउन — राजधानी काठमाडौँमा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले सञ्चालनमा ल्याएको ‘अपरेशन’ रोकिने संकेत देखिएको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्व अधिकारीले गुण्डा र अपराधिक समूहको गतिविधि नियन्त्रण गर्न अपरेशन सघन रूपमा अघि बढाइने बताएका छन् ।
    “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्,” अधिकारीले स्पष्ट पारे, “काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ । खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ ।”
    यसै अभियान अन्तर्गत शुक्रबार काठमाडौँको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरिएको थियो । तीमध्ये कुख्यात चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनाविरुद्ध सार्वजनिक हितविपरीतको गतिविधिमा संलग्न भएको अभियोगमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।
    अन्य २८ जनालाई भने प्रहरीमा नियमित हाजिरी गराउने शर्तमा रिहा गरिएको भए पनि अनुसन्धान भने अझै चलिरहेको अधिकारीले जानकारी दिए । उनले भने, “१९ जनाविरुद्ध थप उजुरी आउन सक्ने भएकाले जो कोहीले पनि उजुरी दिन सक्नुहुन्छ । उनीहरू अन्य कस्ता आपराधिक क्रियाकलापमा संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।”
    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा काठमाडौँमा आपराधिक तत्वविरुद्धको अपरेशन जारी रहेको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार गुण्डा, तस्कर र संगठित अपराधमा संलग्नलाई नियन्त्रणमा लिन अबका दिनहरूमा झनै कठोर कदम चालिनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij