राजविराज सप्तरी, ३ साउन । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका – ४ टेङ्गरीमा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीया श्रीमती उर्मीलादेवी यादवको खेतमा सिँचाइका लागि प्रयोग गरिएको मोटरको तारमा करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन।
काफ्लेका अनुसार खेतमा जडान गरिएको मोटरको खुला तारमा उर्मीला देवीले छोएकी थिइन्, जसका कारण घटनास्थलमै उनको ज्यान गएको छ।
यसैबीच, सोही गाउँपालिकाको बनौलीस्थित राजविराज – कञ्चनपुर हुलाकी सडकखण्डमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
स्थानीय बौवालाल साहका अन्दाजी १९ वर्षीय छोरा अरविन्द साहको शव झुण्डिएको अवस्थामा भेटिएको स्थानीय रामशेवक मण्डलले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।