आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/9561
    साउन ३, २०८२ शनिबार
    मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

    बेलबारी मोरङ, ३ साउन । मोरङ जिल्लामा जङ्गली हात्तीको आक्रमणका घटनामा वृद्धि भएको छ । पछिल्लो एक वर्षमा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । भर्खरै बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको ज्यान गएको छ । उहाँ खेतमा पानी हाल्न गएका बेला जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिएका छन।
    त्यसैगरी, बिहीबार बिहान बेलबारी – १० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका छन् । उनको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
    डिभिजन वन कार्यालय मोरङका अनुसार आर्थिक वर्ष २०८१।८२ मा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्यु भएको छ । मृतकमध्ये तीन जना सुन्दरहरैचा नगरपालिकाका, एक–एक जना बेलबारी र लेटाङ नगरपालिकाका हुन् । गत फागुन २५ गते लेटाङ नगरपालिका–९ का ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको कोपिला सामुदायिक वन नजिकै हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।
    त्यस्तै, पुस ५ गते सुन्दरहरैचा – १० की गङ्गामाया श्रेष्ठ, पुस १५ गते सुन्दरहरैचा – ५ की चन्द्रकुमारी लिम्बू, र माघ ५ गते हरिप्रसाद घिमिरेको हात्तीको आक्रमणबाट मृत्यु भएको वन अधिकृत विमल केसीले जानकारी दिए।
    डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार २०६८ सालदेखि हालसम्म हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने सोही अवधिमा नौ वटा हात्तीको मृत्यु भएको छ । तीमध्ये चारवटा प्राकृतिक कारण, दुईवटा चोरी–तस्करी, एक गोली प्रहार, एक करेन्ट र एक बेवारिसे अवस्थामा मरेका थिए ।
    लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमका अनुसार पछिल्ला दुई वर्षदेखि मोरङको पूर्व–पश्चिम राजमार्ग आसपास जङ्गली हात्तीको सक्रियता बढेको छ । “हरेक रात बस्तीमा छिरेर बालीनाली सखाप पार्ने र स्थानीयलाई त्रसित बनाउने क्रम बढेको छ,” उनले भने ।
    डिभिजन वन कार्यालयले जङ्गल आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन, अनावश्यक रूपमा राति घरबाहिर ननिस्कन र उज्यालो व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij