आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता


  • 865
    SHARES
  • https://indrenipost.com/posts/9564
    साउन ४, २०८२ आइतबार
    पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

    पर्वत, ४ साउन । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा बेपत्ता भएकी छिन ।
    सोही घरमा बस्दै आएकी उनकी बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नासाथ हम्फालेर ज्यान जोगाउन सफल भएको वडा नं ३ का वडा सदस्य सन्तोष विकले जानकारी दिएका छन।
    घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी टोली खटिएको र थप विवरण प्राप्त भएपछि विस्तृत जानकारी आउने बताए ।
    गए रातिदेखि पर्वत र आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । वर्षाका कारण यहाँका खोला र नदीहरूको बहाव उच्च बनेको छ, जसका कारण पहिरोको जोखिम अझ बढेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij